देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य : महामन्त्री कोइराला

देशान्तर

नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । नेपाली काँग्रेस, बाँके जिल्ला सम्मेलनलाई विहिवार सम्बोधन गर्दे उनले भने–‘विकास र समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो प्राथमिकता भएकाले त्यसका लागि निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ ।’

महामन्त्री कोइरालाले संविधान संशोधन प्रक्रियागत विषय भएकाले यसैका आधारमा निर्वाचन रोकिन सक्दैन भन्दै जनताको अभिमत लिएर राजनीतिक उचाई बनाउने हिम्मत गर्न सक्नुपर्नेमा जोड दिए ।

‘निर्वाचनबाट पछि हट्ने दलप्रति जनताको विश्वास कम हुँदै जान्छ, त्यसैले जनताको मन जितेर गरिने राजनीतिले नै लोकतन्त्रलाई बलियो बनाउन सक्छ’– महामन्त्री कोइरालाले भने । काँग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा केन्द्रीय सदस्य धनराज गुरुङ, सांसदद्वय बादशाह कुर्मी र सञ्जय गौतम तथा पूर्वजिल्ला सभापति युवराज शर्माले काँग्रेस एकजुट भएमा कसैले निर्वाचनमा पराजित गर्न नसक्ने धारणा व्यक्त गरे ।