देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ३७६ जना निको

देशान्तर

काठमाडौँ – देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८८ जनामा संक्रमण पुष्टि भएको हो । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार १४५ जनाको पिसिआर गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ६ हजार १५० जना सक्रिय संक्रमित छन् । ३७६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौंमा २९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ संक्रमित थपिएका छन्।