देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागार्जुनमा एकै परिवारका ५ जना बेहोस, एक जनाको मृत्यु

देशान्तर

काठमाडौंको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ ।

बाँकी चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएको र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडाैंले जनाएको छ ।

गम्भीर अवस्थामा चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबारमात्रै ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।
कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।