देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ विदेश मन्त्री नेपाल आउने

देशान्तर

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् ।

विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

एमसीसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन् ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आउनु भएको थियो ।