देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

देशान्तर

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको बासगढी नगरपालिका–४ घर भएर इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत प्रहरी जवान २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको हो ।

मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८११९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किँदै गरेका थारु सवार भे ५ प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

ठक्कर दिने जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।