देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभाको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो

देशान्तर

 

संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको हो । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।