देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी, एक महिलाको मृत्यु

देशान्तर

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परेर एक वृद्धाको जनाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका- ४  स्थित कोप्चेमा विहान ८ बजेदेखि  लागेकाे आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।

उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरीऽ प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।