देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोलुको गोराखानीमा सकेट बम फेला

देशान्तर

सोलुखुम्बु । जिल्लाको सोलुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीमा शंकास्पद विस्फोट पदार्थ (सकेट बम) भेटिएको छ ।

वडा कार्यालय भवनदेखि एक किलोमिटर दक्षिणमा रुखमा झुण्ड्याएर राखेको अवस्थामा बम भेटिए पछि राति नै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै पत्ताले चौकीबाट प्रहरी बम भएको स्थानमा पुगेर त्यहाँ सुरक्षा घेर बनाएर पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ओमप्रकाश यादवले जानकारी दिए । ‘कालो प्लास्टिक भित्र रुखमा झुण्डाएर राखिएको अवस्थामा फेला परेको छ,’ प्रहरी निरिक्षक यादवले भने ।

उक्त बम डिस्पोज गर्नका लागि ओखल्ढुंगाबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी निरिक्षक यादवले जानकारी दिएका छन् । उक्त स्थल सदरमुकामबाट ३ घण्टाको सडक दुरीमा पर्दछ ।