काठमाडौँ – पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन् ।
विष्ट भन्छन्, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाएका छन् । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेका छन् ।
यसअघि उनले दुईपटक फल बिक्री गरिसकेका छन् । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उनले भने, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।”





प्रतिक्रिया