काठमाडौं – बसोवासको लालपूर्जा पाउनु पर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।
लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारासहित प्रदर्शन गरेको हुन् र कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।
उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताए । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।





प्रतिक्रिया