देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुसीकोट नगरपालिका वडा नम्बर १३ की एक महिला मृत फेला

देशान्तर

काठमाडौँ – रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ की एक महिला मृत फेला परेकी छिन् । लामिडाँडाकी ७३ वर्षिया कलि रोका वडा नम्बर १३ कै दोपाई–हाईवाङ सडक खण्डमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । फागुन २१ गतेदेखि घरबाट सम्पर्क विहिन भएकी रोका हिजो राति साढे ९ बजेतिर सडकबाट करिब १ सय मिटर तल भिरमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक धु्रबकुमार श्रेष्ठले जानकारी दिए ।

रोका सम्पर्क विहिन भएपछि परिवारका सदस्य तथा स्थानीयले खोजि जारी राखेका थिए । खोजिकका क्रममा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोष्ट छिवाङको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको अवस्था हेर्दा रोकाको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । ७१ वर्षिया महिला मृत फेला