देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

देशान्तर

 


काठमाडौँ । युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् ।

भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो ।

चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।