देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार २३८ पीसीआर र २ हजार ८२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १९२ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६० हजार ८७८ जना पुगेको छ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ५ हजार ५० जना संक्रिय संक्रमित छन्।