देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाको बैठक आज बस्दै

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । संसदको दशौँ अधिवेशनको ११ औँ बैठक बस्न लागेको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ ।

संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधिश जवराविरुद्ध महाअभियोग दर्ता गराईएको थियो ।

संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने समेत बताईएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको निलम्बनसम्बन्धी सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।