देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

देशान्तर

काठमाडौँ । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ ।

सोही क्रममा बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ । प्राधिकरणले अहिले सो स्टिल्स उद्योगलाई आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ ।

प्राधिकरणले उद्योगसम्म विद्युत् पु¥याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो ।