देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

देशान्तर

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । मृत्यु भएकाको वतन भने अझै खुलेको छैन ।

घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।