देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंको तारकेश्वरबाट १० जुवाडे पक्राउ

देशान्तर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका(९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेकोट्ठूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खूङ्गला गाउँपालिका(८ बागलुङ घर भई तारकेश्वर बस्‍दै आएका ३९ वर्षीय युवराज कडेंलसहि १० जना रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तासबरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्‍याद थपेर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।