देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात उत्कृष्ट नगरपालिका पुरस्कृत

देशान्तर

काठमाण्डौ । नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।

सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गरे ।

संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

स्थानीय स्रोत परिचालन गर्दै पालिकाको विकासमा उत्कृष्ट काम गर्ने हरिवन नगरपालिकाले पनि उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । सामाजिक विकास विधामा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सीमित साधन, स्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाअनुसारको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नसक्नुपर्ने बताए ।