देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चैत १४ गतेदेखी कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने

देशान्तर

काठमाडौं – दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख ९२०७९०देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा परीक्षा भएको छ ।