देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पनौती नगरपालिकाले दियो किसानलाई पाडा

देशान्तर

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ ।

पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो ।

किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै छ । लागतको ४० प्रतिशत किसानले व्यहोर्नु पर्ने छ । पाडा प्राप्त गर्ने किसानले ९ हजार ६ सय रुपैयाँ वुझाउनु पर्ने छ ।

यसअघि पनौती नगरपालिकाले भैसी संरक्षण अभियानअन्तर्गत ९ सय ५६ वटा भैंसी वितरण गरिसकेको छ भने भैंसी सुत्केरी भत्तासमेत दिँदै आएको छ ।