देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हराएका २१ वटा सवारी साधन फेला पारी हस्तान्तरण

देशान्तर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सोमबार महाशाखामा एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

एक महिनाको अवधिमा खोजी गर्दा उपत्यकाका विभिन्न स्थानमा सो सवारी साधनहरू फेला परेको महाशाखा प्रमुख जोशीले बताए ।

सवारी साधनमा डिस्क लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्न सकेमा सवारी साधन चाडैं चोरी हुन नसक्ने उनको भनाइ छ । सवारी साधनको सुरक्षामा संवेदनशील हुन पनि सवारी धनीहरुलाई उनको आग्रह छ ।

महाशाखाले २ महिनाको अवधिमा ८८ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाइसकेको बताएको छ भने २५६ वटा मोटरसाइकल हराएको निवेदन परेको जानकारी दिएको छ ।

सवारी साधन हराउन साथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोन गरेर तथा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत् पनि निवेदन दिन ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।