देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि अनलाइन लाइसेन्स आवेदन बन्द

देशान्तर

काठमाडौं । यातायात ब्यबस्था बिभागले आज चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।  अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो ।

अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनु पर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने विभागद्वारा जारी सूचनामा भनिएको छ ।