देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जगदुल्लाका निमित्त सीईओको कानुन विपरीतको सेवा सुविधा कटौती

देशान्तर

 

काठमाडौं – विद्युत् उत्पादन कम्पनीको सहायक कम्पनीका रुपमा रहेको जगदुल्ला जलविद्युत कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई कानुनअनुसार नै सेवा सुविधा दिने निर्णय गरेको छ । सापकोटालाई फागुन २०७७मा निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा तोकेर सञ्चालक समितिले कानुनविपरीत सेवा सुविधा दिने निर्णय भएको थियो ।

८औं तहका उनले निमित्त सम्हालेलगत्तै १०औं तहको सेवासुविधा पाइरहेका थिए । कम्पनीका सञ्चालक समिति अध्यक्ष मधुप्रसाद भेटुवालले निमित्त सईओले कानुनविपरीत पाइरहेको सेवा सुविधा कटौती गर्ने निर्णय भइसकेको जानकारी दिए ।

सापकोटाले बुझिहरेको सेवा सुविधा निजामती सेवा नियमावली(२०५० र कम्पनीको कर्मचारी विनियमावली(२०७४को विपरीत थियो । निजामती सेवा नियमावलीको नियम ४७ ९२०मा कायम मुकायम वा निमित्त भई काम गर्ने निजामती कर्मचारीले पाउने तलब भत्ता निजले एक श्रेणी माथिको पदमा बढुवा पाएमा पाउने तलब भत्ताभन्दा बढी नहुने उल्लेख छ । तर, अहिले उनले कार्यरत पदभन्दा २ तहमाथिको सरहको सेवा सुविधा बुझिरहेका थिए ।

नियम विपरीत सेवा सुविधा दिएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो दिएपछि सञ्चालक समितिले कानुन विपरीतको सुविधा दिने निर्णय सच्याएको हो ।