देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक हप्ता भन्दा बढी समयदेखि देखि फोहोर थुप्रीएर काठमाडौँ बन्यो दुर्घन्धित

देशान्तर

काठमाडौँ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।
एक हप्ता भन्दा थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।

काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ ।

फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् । आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच हिजो भएको छलफलपछि फोहोर उठाउन थालेको र हिजो ७० ट्रक फोहोर सिस्डोल पुर्याएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले बताए ।

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने प्रवक्ता डङ्गोलले बताए । तर काठमाण्डौका सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने पनि उनले बताए ।