देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होलीमा ट्राफिक प्रहरीको चेकिङ, दर्जनौँ मोटरबाइक कारबाहीमा

देशान्तर

काठमाडौँ । होली पर्वको दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङ कडाइ गरेको छ । आज बिहानैदेखि सडक, चोक र गल्लीमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट दर्जनौँ मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरेको जनाइएको छ ।

चाडबाडका बेला हुने मापसे सेवन गरेर तथा लाइसेन्सबिना र नियम विपरीत चलाइने सवारी साधनका कारण दुर्घटना हुन नदिन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकिङमा कडाइ गरेको हो । चारपांग्रे भन्दा पनि दुई पांग्रे सवारीमाथि ट्राफिकको कडा निगरानी रहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज उपत्यकाका तीनै जिल्लामा १३ सय ट्राफिक प्रहरीहरु सडकमा खटाइएको छ । नियम मिचेर सवारी चलाउने दर्जनौँमाथि कारबाही गरिएको छ ।