देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टिचिङ लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्नमात्रै सोध्ने

देशान्तर

काठमाडौँ – शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ। आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन गरी यस्तो निर्णय गरिएको जनाएको छ।

आयोगका अनुसार मा.वि र नि.मा.वि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय यही चैत २ गतेदेखि लागु भइसकेको छ। आयोगले निकालेको सूचना अनुसार एक घण्टाको परीक्षा हुने छ।

वस्तुगत परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिने छ। आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गरेको थियो।