देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनएको चुनाव रोक्ने प्रयासमा सरकारी वकिलको अनावश्यक चलखेल

देशान्तर

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालय समेतको मुद्दा सुनुवाइ प्रक्रियामै रहेका बेला एनआरएनएका संरक्षक शेष घलेको रिट निवेदन दर्ता तथा पेसी तोक्न सरकारी वकिलले अनावश्यक चलखेल गरेपछि उच्च अदालत पाटन फाँटवालादेखि न्यायाधीशसम्म दबाबमा परेका छन् ।

उच्च अदालत पाटनका उच्च न्यायाधिवक्ता कृष्णराम कोइरालाले फाँटमा आफैं गएर शेष घलेको रिट दर्ता गराउने तथा न्यायाधीशहरूलाई समेत भेटेर आजकै पेसीमा राख्न दबाब दिएपछि यो विषय बाहिर आएको हो । मुख्य न्यायाधीश नभएको मौका पारेर कोइरालाले एनआरएनएनको मुद्दामा अनावश्यक चासो र चलखेल गरेको आरोप कर्मचारीहरूको छ ।

एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले यस यसअघि नै अन्तरिक आदेश दिएर निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । त्यसमाथि परराष्ट्रय मत्रालय पुनः गएकोमा आगामी मार्च २३ मा त्यसको सुनुवाइ हुँदैछ ।

मार्च २४ र २५ गते एनआरएनएको चुनाव छ । यद्यपि चुनावी प्रक्रिया सुरू भएर उम्मेदवारी मनोनयनको म्याद समेत सकिइसकेको छ । यसबीचमा धेरै उम्मेदवार निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।