देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेनाले बनाएको काठमाडौं–तराई–मधेस फास्टट्रयाक सडकमा लापरबाही

देशान्तर

काठमाडौं – नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको पाइएको छ।

संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो।

रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । उहाँका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ।

वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुने सभापति खड्काले बताएका छन् । सभापति खड्काले रूख कटानमा पनि समस्या देखिएको बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० गर्दा नै ध्यान नदिएको पाइएको खड्काको भनाइ छ।

कतिपय स्थानमा सडकलाई चाहिनेजति स्थान नलिएको देखिएको सभापति खड्काले बताए ।