देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्साबाट दुई करोड ८५ लाख बराबरको सामान बरामद

देशान्तर

पर्सा – सशस्त्र प्रहरीको टोलीले पर्साबाट विनाभन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले गत माघमा ६२ लाख, फागुनमा एक करोड १४ लाख र चैतको हालसम्ममा एक करोड आठ लाखको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान रहेका छन् । विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।

बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।