देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा

देशान्तर

काठमाडौं – विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो। योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो।

विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँचौं नेदरल्यान्ड्स‚ छैटौं नर्वे‚ सातौं स्विडेन‚ आठौं लेक्जम्बर्ग‚ नवौं न्युजिल्याण्ड र दशौंमा अष्ट्रिया रहेका छन्।

नेपाल ८४ औँ स्थानमा रहँदै दक्षिण एसियाली मुलुकमा पहिलो भएको छ। यस्रहँदै दक्षिण एसियाली मुलुकमा पहिलो भएको छ। यस्तै‚ ८७ माल्दिभ्स‚ ९९ बंगलादेश‚ १०३ पाकिस्तान‚ १२६ श्रीलंका‚ १३६ भारत र १४६ अफगानिस्तान नम्बरमा रहेका छन्। प्राविधिक कारण भुटानलाई सूचीमा नसमेटिएको प्रतिवेदनमा उल्लेख छ।

सूचीअनुसार अफगानिस्तान पुछारमा छ। त्यसअगाडि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना रहेका छन्।