देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गायक सपूतको ‘पिर’ हप्तामै युट्युबमा करोड क्लबमा प्रवेश

देशान्तर

काठमाडौं – प्रकाश सपूतको नयाँ म्युजिक भिडियो पिर युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। गत हप्ता सार्वजनिक भएको गीत शनिबारसम्ममा एक करोडभन्दा बढी पटक हेरिएको हो।

प्रकाशकै शब्द, संगीत, स्वर, कथा, पटकथा, निर्देशन तथा अभिनय रहेको गीत सार्वजनिक भएसँगै विवादमा तानिएको थियो। गीतको भिडियोमा दशवर्षे सशस्त्र युद्ध लडेका पूर्व(माओवादी लडाकुको कथा रहेको छ। उक्त भिडियोमा पूर्व लडाकुको बारेमा गलत चित्रण गरिएको र यसले जनयुद्धका बारेमा गलत सन्देश प्रवाह गर्ने भन्दै गीतको आलोचना भएको हो।

केहीले गीतको आलोचना गरेका छन् भने गीतमा पूर्व लडाकुको यथार्थ कथा देखाइएको भन्दै प्रकाशलाई धन्यवाद दिनेहरू पनि छन्। गीत विवादमा तानिएपछि प्रकाशले यसलाई एउटा कलाको रुपमा मात्रै हेरिदिन र त्यहाँ देखाइएका पात्रलाई विम्बको रुपमा बुझिदिन आग्रह गरेका छन्।

सात दिनमै एक करोड भ्युज पुगेको गीतमा ५ लाख ६० हजारभन्दा बढी लाइक तथा झण्डै ४० हजार प्रतिक्रिया आएको छ। जसमा सबै जसो प्रतिक्रिया सकारात्मक रहेका छन्।

यो सँगै पिरु करोडभन्दा बढी हेरिएको प्रकाशको सातौँ गीत बनेको छ। यसअघि सार्वजनिक भएका उनका दोहोरी ब्याटलु, बोल मायाु, दोहारी ब्याटल २, गलबन्दीु, फुटेका चुराु र कुरा बुझ्न पर्चु बोलका गीत करोडभन्दा बढी पटक हेरिएको छ। उनको सर्वाधिक हेरिएको गीत गलबन्दीु हो। दुई वर्षअघि सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएको छ।