देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जलाशययुक्त आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ – सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

ऊर्जा सुरक्षाका लागिसमेत जलाशययुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगाडि बढाउने सरकारको उद्घोष छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०र१३२ केभी नयाँ खिम्ती सबस्टेसनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई आज दोलखाको गोगरमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलाशययुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताए ।

उनले बूढीगण्डकी र पश्चिम सेती जलाशययुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गरे । लामो समयदेखि प्रक्रियामा रहेका ती आयोजनाको ठोस काम अगाडि बढ्न सकेको छैन ।

कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजनालाई मूर्त रुप दिने तयारीमा सरकार लागिपरेको छ ।