देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘क्रिप्टो करेन्सीको’ प्रचार गरेको भन्दै नायिका कार्कीमाथि सीआईबीको अनुसन्धान

देशान्तर

काठमाडौँ – क्रिप्टोकरेन्सीको प्रचार गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभिनेत्री प्रियंका कार्कीसँग सोधपुछ गरिरहेको छ । सीआईबीका एसपी तथा प्रवक्ता श्यामकुमार महतोले आइतबार सीआईबीले सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।

‘उहाँले क्रिप्टोलाई प्रवर्द्धन गरेको पाइयो । यो सम्बन्धमा हामीले उहाँलाई बोलाएर सोधपुछ गर्ने काम गरिरहेका छौँ । अहिले उहाँले बयान दिइरहनु भएको छ,’ प्रवक्ता महतोले भने ।

प्रियंकाले केही दिनअघि आफूले पनि क्रिप्टोमा लगानी गरेको र अरुलाई पनि लगानी गर्न प्रेरित गरेको सामाग्री सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । तर नेपाल सरकारले क्रिप्टो लगायतका सामाग्रीमा नेपालीको लगानीलाई अवैध भन्दै कानुनी कारबाहीको व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले दुई महिनाअघि मात्र भर्चुअल करेन्सीले विदेशी मुद्रा अपचलन हुने भन्दै यो प्रकारको करेन्सीमा लगानी नगर्न विदेशमा रहेका नेपालीलाई समेत आग्रह गरेको थियो ।

यस्तो कारोबारमा संलग्न भएमा कानुनी कारबाही गरिने पनि राष्ट्र बैंकले चेतावनी दिएको थियो । हाल छोरी हुर्कारहेकी प्रियंकाले भ्लग बनाएर समय कटाउँदै आएकी छिन् । यही क्रममा उनले क्रिप्टोको पनि प्रचार गरेकी थिइन् ।