देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्रायल नहुने

देशान्तर

काठमाडौं – नेपालमा हुने भनिएको कोरोनाविरद्धको ‘एमआरएनए’ क्लिनिकल ट्रायल नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो क्लिनिकल ट्रायल नेपालमा हुने भनिएको थियो।

मन्त्रिपरिषद बैठकले गत भदौ १० मा एमआरएनए खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो। अनुमतिअनुसार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरिएको थियो।

गत कात्तिकसम्म नै क्लिनिकल ट्रायल गरिसक्नुपर्ने भए पनि खोप उत्पादक कम्पनीले चासो दिएको थिएन।

पछिल्लो समय नेपालमा धेरै जनताले कोरोना विरुद्धको खोप लगाइ सकेका र नयाँ नयाँ भेरियन्ट आएको खण्डमा यो खोपले काम गर्ने कि न गर्ने हो कि भनेर पनि खोपको ट्रायल नगर्ने निर्णयमा पुगेको हुनसक्ने समेत बताइएको छ।