देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुमो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

देशान्तर

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका-१ सुन्दरीमाईमा सुमो र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो त्रिभुवन राजपथअन्तर्गत सडक खण्डमा हेटौँडाबाट भैसेतर्फ जाँदै गरेको ना१ज ३४७२ नम्बरको सुमो र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना४९प २५५६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा हेटौंडा-८ कमानेका ३१ वर्षका प्रमोदकुमार रिमाल रहेका छन्। दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने सुमो तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।