देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना, ६ जना घाइते

देशान्तर

काठमाडौँ – काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले जानकारी दिए ।

दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका हुन् । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।