देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आदिवासी जनजाति महासङ्घमा गेल्जे लामा विजयी

देशान्तर

काठमाण्डौ । आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् ।

गएराति सम्पन्न चुुनावमा सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् । शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गरे । महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित भए ।

अधिवेशनमा एमाले र कांग्रेसको गठबन्धन बनेको थियो । अध्यक्ष कांग्रेस समर्थक र महासचिव एमाले समर्थक हुन् । एमाले, कांग्रेस एकातिर र माओवादी, सङ्घीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो ।

पदाधिकारीका अन्य १९ पदमा समेत एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल रहेकाछन् ।

उप–महासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित भए ।

कोषाध्यक्षमा विमल सारु मगर र सह–कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे विजयी बने । नेपाल आदिवासी जनजाति महासङ्घको दशौँ राष्ट्रिय महाधिवेशन बुधवारदेखि कावासोतीमा जारी थियो ।