देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षकको आन्तरिक प्रतिस्पर्धाको परीक्षा केन्द्र सार्वजनिक

देशान्तर

काठमाडौं – शिक्षक सेवा आयोगले चैत २१ गते सञ्चालन गर्न लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा ९२५ प्रतिशत शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।

आयोगले प्राथमिक तह द्वतीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमावि द्वितीयका लागि १२७ निमावि प्रथमका लागि १८ र मावि द्वितीयका लागि १३७ र मावि प्रथम श्रेणीका लागि ३३ जनाको पदका लागि परीक्षा लिन लागेको हो ।