देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

देशान्तर

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ ९थापा० को हत्या गरेका हुन् ।

मैनालीका अनुसार उनलाई दाउले प्रहार गरेर हत्या गरेको पाइएको मैनालीले बताए । ‘गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको रहेछ, गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।’

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।