
काठमाडौँ । वीरगञ्ज पब्लिक कलेजको नवनिर्मित भवनको उद्घाटन तथा निर्माण हुन लागेको भवनको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेशकै चर्चित कलेजको रुपमा रहेको वीरगञ्ज पब्लिक कलेजको नवनिर्मित भवन ब्लक ‘बी’को आज पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा डा यादव राज कोइरालाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
त्यस्तै डा कोइरालाले नवनिर्मित भवनको पछाडिपट्टी निर्माण हुन लागेको अर्को भवनको भूमिपूजन समेत गरेका थिए ।
उद्घाटन कार्यक्रममा कलेजका निर्देशक प्रा डा दीपक शाक्य, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, मधु राणा, पशुपति विक्रम शाह, उषा शाह, कमल चौगाई, कलेजका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।





प्रतिक्रिया