देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वडाध्यक्ष विष्टको पाँच वर्षको पारिश्रमिक विद्यालर्थीलाई

देशान्तर

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयको वार्षिक उत्सव कार्यक्रममा वडाध्यक्ष विष्टले आफूले अध्ययन गरेको विद्यालयलाई सकेसम्म सहयोग गर्ने बताउँदै तलब भत्ता र थप २ लाख गरेर १५ लाखको अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता अनुसार शुक्रबार उक्त रकम विद्यालयका प्रध्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्त्रण गरे ।

आफूले कक्षा ६ देखि कक्षा १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिको ठूलो महत्व रहेको बताए ।