देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिवम् सिमेन्टद्वारा चरिकोटमा ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न

देशान्तर

Open photo

काठमाडौँ – शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसंग “ग्राहक अन्तक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधीहरु उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए ।

चरिकोट स्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग नि। प्रमुख, भवन तथा पुनर्निमाण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्बन्धीत निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । शिवम् सिमेन्टले ग्राहकहरु संग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको छ । यस अघि देशका विभिन्न स्थानका निर्माण कर्मी (मेशन) हरुलाई अन्तक्रिया कार्यक्रम दिईदै आईरहेको थियो ।

निर्माण कार्य गरिरहेका ग्राहकहरुले निर्माण सम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्धप् प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ ९ए.टि.सी.० ९८०१५७५५७५ (न.सि.एल.)मा सम्पर्क गर्न सकिने छ ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक सम्मानीत भएको थियो ।