देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप, अश्रुग्याँस प्रहार

देशान्तर

जनकपुरधाम – धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशंका गरेका छन् ।

त्यहीबीच नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै प्रदर्शन भएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।