देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

देशान्तर

काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

मिश्राका अनुसार ३ हजार ७८० जनाको पिसिआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित छन्।

२१५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।