देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनाङमा म्यादी प्रहरीमा मागभन्दा आवेदन दिने न्यून

देशान्तर

मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् ।

आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन् । प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ । ‘माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ । म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।