देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टि-२० श्रृंखला अन्र्तगत पिएनजीविरुद्ध नेपाल १५ रनले विजयी

देशान्तर

काठमाडौं – त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी ९पिएनजी० विरुद्ध १५ रनको जित निकालेको हो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे।

सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गरेका थिए। नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३र३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए।

रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रनको योगदान गर्दा सोमपाल कामी एक रनमा आउट भएका थिए। श्रृंखलामा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। श्रृंखलाअन्तर्गत नेपालले पिएनजी र मलेसियाविरुद्ध दुईरदुई खेल खेल्नेछ ।