देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं– नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो अवधीमा कसैको पनि मृत्यु भएको छैन भने ३१९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १२५४ रहेको छ।

पछिल्लो २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।