देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम भिजिविलिटी का कारण मङ्गलबार हवाई उडान प्रभावित

देशान्तर

काठमाडौँ – कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । भिजिविलिटी कम हुँदा हिजो दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो ।

आज हिजोजस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।