देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौको सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको मृत्यु, एक घाईते

देशान्तर

काठमाडौँ – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाकोमृत्यु भएको छ । बालिकाका बुवा गम्भीर घाइते भएका छन् ।

बिहान पौने ८ बजेतिर बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा स्कूल जाँदै गरेका बेला उनीहरुलाई बा ४ ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । उनकाअनुसार बालिकाका बुवा रोहन घिसिङले मोटरसाइकल चलाएका थिए । अर्को गाडीलाई बाटो छोड्ने क्रममा टिप्पर ब्याक सर्दा मोटरसाइल किचीएको स्थानीयबासिन्दालाई उदृत गर्दै घटनास्थलमा रहेका प्रहरी निरीक्षक खड्काले बताए ।

दुर्घटनामा मृत्यु हुनेमा एउटा बालिकाको उमेर ८ वर्षको छ भने अर्की बालिकाको उमेर १० देखि १२ वर्षको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालिकाका बुवा रोहन घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।