देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैयाँसहित एक जना पक्राउ

देशान्तर

महोत्तरी– सम्सी गाउँपालिका–६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दास छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।